अमेरिका भ्रमणको प्राथमिकतामा एमसीसी छैन : नवनियुक्त परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद बहाली गरेका छन् । कांग्रेसको परराष्ट्र विभागका प्रमुखसमेत रहेका खड्काले आज (बुधबार) परराष्ट्रमन्त्रीको पद बहाली गरेका हुन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सफथ लिएसँगै खड्काले सिहदरबार पुगेर पदबहाली गरेका हुन् । पद बहाली पछि पत्रकारहरूसँग आफ्नो भ्रमणको प्राथमिकतामा एमसीसी नरहेको बताएका छन् ।

मन्त्री खड्का आजै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *