ओलीको प्रतिवेदनमा भुसालको फरक मत

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याम भुसालले फरक मत राखेका छन् । भुसालले बैठकमै मौखिक रूपमा ३ बुँदामा फरक मत राखेका हुन् ।

ओलीले जनताको बहुदलीय जनवादबारे स्पष्ट भाषा नबोलेको भुसालको भनाइ थियो । ‘यस्तै संसद् विघटन र समाजवादबारे अस्पष्ट भयो,’ भुसालले भने, ‘सबैमा छ्याङ्गै भएर जाँदा राम्रो हो ।’

ओलीले भने संसद् विघटन सधैंका लागि ठिक हुने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *