पोखरा र भैरहवाको खेल नतिजाविहीन

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लाडीयटर्सको खेल नतिजाविहीन भएको छ ।

कीर्तिपुरमा खेल भइरहेका बेला पानी परेपछि खेल नतिजाविहीन भएको हो । यससँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

वर्षाले खेल रोकिनुअघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । पोखराका असेला गुणारत्नेले २३ रन बनाएका थिए भने भैरहवाका दुर्गेश गुप्ताले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *