तेह्रथुमका सबै पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

तेह्रथुम । तेह्रथुमका सबै पालिकामा नेपाली कांग्रेसको नेतृत्व सर्वसम्मत चयन गरेको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको तरुण दलका जिल्ला अध्यक्ष विपीन निङ्लेकुले जानकारी दिए ।

उनका अनुसार म्याङलुङ्ग नगरपालिकाको सभापतिमा इन्द्रराज लिम्बू र लालीगुराँस नगरपालिकाको सभापतिमा अम्बरबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, आठराई गाउँपालिकामा दिलकुमार पाहिम, फेदाप गाउँपालिकामा महेन्द्र फोम्बो, मेन्छ्यायेम गाउँपालिकामा तारकबहादुर सम्बाहाम्फे र छथर गाउँपालिकामा रामचन्द्र भट्टराई सभापतिमा निर्वाचित भएका छन् । यसअघि जिल्लाका ४३ वटै वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *