नेपाल-चीन सीमा समस्याबारे स्थलगत अध्ययन प्रतिवेदन पेश

काठमाडौँ । लिमी लाप्चादेखि हिल्सासम्म नेपाल-चीन सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझाएको छ । समितिका संयोजक तथा गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले गृहमन्त्री खाणलाई प्रतिवेदन बुझाएका हुन् । अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।

‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ मन्त्री खाणले भने‚ ‘प्रतिवेदनले औँल्याएका विषयवस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’ प्रतिवेदन त्यस क्षेत्रको भू-भाग रक्षा गर्न र त्यहाँको जनजीवनबारे बुझ्न महत्वपूर्ण हुने उनको भनाइ छ । अध्ययन टोलीका संयोजक आचार्यले निष्कर्ष र सुझावबारे संक्षेपमा जानकारी गराएका थिए ।

No description available.

१६ भदौमा बसेको मन्त्रिपरिषद्ले यो क्षेत्रमा देखिएको सीमा समस्या अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेको थियो । अध्ययन टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रदीपकुमार पाल र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *