कोलकातामाथि चेन्नईको रोमाञ्चक जित

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग(आईपिएल)मा चेन्नईले कोलकातामाथि २ विकेटको रोमाञ्चक जित हात पारेको छ ।

अन्तिम बलमा लक्ष्य पूरा गर्दै चेन्नईले जारी लिगमा ८ औँ जित दर्ता गरायो । यससँगै चेन्नई १६ अंकका साथमा शीर्ष स्थानमा उक्लिएको छ ।

कोलकाताले २० ओभरमा १७१ रन बनाएको थियो । जवाफमा चेन्नई अन्तिम बलमा लक्ष्य पूरा गर्न सफल भयो । चेन्नईका लागि १९ औँ ओभर महत्वपूर्ण रह्यो । जहाँ रविन्द्र जडेजाले २२ रन जोडे ।

उनले २ छ्क्का र २ चौकाको सहयोगमा २२ रन बनाउँदा अन्तिम ओभरमा चेन्नईलाई जितका लागि ४ रनमात्र आवश्यक थियो । तर सुनिल नारेनले घातक बलिङ गर्दै दुई विकेटमात्र लिएनन् र दुई डट बल पनि फाले । तर दोस्रो बलमा लिएको तीन रनका कारण अन्तिम बलमा १ रन आवश्यक रह्यो । जुन प्राप्त गर्दै चेन्नई विजयी भयो ।

कोलकाताका लागि राहुल त्रिपाठीले ४५ रन बनाए नितिस राना ३७ रनमा अविजित रहे ।  त्यस्तै आन्द्रे रसेलले २० रन बनाउँदा दिनेश कार्थिकले ११ बलमा २६ रन बनाउँदै टीमलाई १७१ रनको स्कोरमा पुर्‍याएका थिए ।

जवाफमा चेन्नईका ऋतुराज गाइक्वाड र फाफ डुप्लेसिसले पहिलो विकेटक लागि ७४ रनको सानदार साझेदारी गर्दै सानदार सुरूवात दिलाए ।

गाइक्वाडले ४० र डुप्लेसीसले ४३ रन बनाए । त्यस्तै मोइन अलीले ३२ रन बनाए । निर्णायक बनेका जडेजाले ८ बलमा २२ रनको सानदार इनिङ खेले । सुरेश रैना ११, अम्बाती रायडु १० र कप्तान  महेन्द्रसिंह धोनी मात्र १ रनमा आउट भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *