नेप्सेमा पहिरो : परिसूचक ७३ अकंले घट्दा कारोबार ५ अर्बमा समेटियाे
मकालु खबर
२०७८ असोज ११ गते
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार (नेप्से) परिसूचक ७३.०५ अकंले घटेको छ ।
हिजो पहिलो कारोबारको दिन आइतबार पनि नेप्से ६१ अकंले घटेको थियो ।
सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २।६५ प्रतिशतले घटेर २६८५.४१ बिन्दुमा पुगेको छ ।
सेन्सेटिभ परिसूचक १२.९४ अकंले घटेर ५०६.३३ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूह मध्य सबै समुहका उपसूचक घटेका छन् ।
यसदिन कारोबारमा आएका २२७ कम्पनीका १ करोड ४लाख ७८ हजार कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।
मकालु खबर
२०७८ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित