सरकारलाई लोकतन्त्रमा विश्वास छैन : अधिकारी

काठमाडौँ । एमाले नेता खगराज अधिकारीले अहिलेको सरकारलाई लोकतन्त्रमा विश्वास नरहेको टिप्पणी गरेका छन् । सोमबार (आज) को प्रतिनिधि सभा बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै नेता अधिकारीले भने, ‘अहिलेको सरकारलाई नीति, सिद्धान्त, लोकतन्त्र, गणतन्त्र केहीमा विश्वास छैन । लोकतन्त्रलाई समाप्त पार्नगरी सरकार चलिरहेको छ ।’

संसद्मा एमालेसँग कुनै खालको वार्ता तथा बहस गर्न नखोजेको भन्दै नेता अधिकारीले निर्दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाए । ‘पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले संसद्मा कांग्रेसको प्रश्नलाई निम्छरो प्रश्नको उत्तर के दिनु भन्दाखेरि हामीले चारैतिर बहस गरेर, समस्याको समाधान खोजेर संसद् चलाएका थियौँ । अहिले त्यही आफूलाई लोकतान्त्रिक भन्ने कांग्रेस सरकारमा छ, संसद् चलाउन सकेको छैन । यही हो त लोकतन्त्र ?,’ नेता अधिकारीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *