१० बुँदे आतंक होइन, सहज कार्यान्वयन हुँदैछ- योगेश

काठमाडौँ । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले १० बुँदे सहमतिको प्रस्तावना सहज रूपमा कार्यान्वयन भइरहेको बताएका छन् । सोमबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकपछि बैठकबारे जानकारी दिँदै भट्टराईले यस्तो बताएका हुन् । ‘१० बुँदे कुनै आतंक होइन,’ भट्टराईले भने, ‘यो सहज रूपमा कार्यान्वयन हुँदैछ ।’

बैठकले १० बुँदालाई रचनात्मक तरिकाबाट लागू गर्ने निर्णय गरेको जानकारी गराउँदै भट्टराईले भने, ‘म देशभरका एमालेका साथीहरुलाई भन्न चाहान्छु, दश बुँदेलाई आतंकको रूपमा नबुझौँ । यसको सहज ढङ्गले कार्यान्वयन भएको छ । जहाँ समस्या छन् ती पनि समाधानउन्मुख छन् ।’

बैठकले १० बुँदेअनुसार पूर्वएमालेका तत्कालीन माधवकुमार नेपाल पक्षमा रहेका र नेकपा एकता प्रक्रियापछि एमालेमै रहेका पूर्वमाओवादी नेता कार्यकर्ताको समेत सम्मान र प्रतिष्ठामा आँच नआउनेगरी पार्टीमा व्यवस्थापन गर्ने निर्णय गरेको भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *