शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संघीय संसद्‌मा पेश हुने

काठमाडौँ ।  सरकारले  तीनवटा विधेयक संसद्‌मा पेश गर्ने स्वीकृति दिने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको हाे ।

‘आजको मन्त्रिपरिषद्को बैठकले सानर्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ,’ सरकारका प्रवक्ता एवम् कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘तेजाब तथा अन्य घातक रसायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भयो ।’

त्यस्तै, समाजकल्याण परिषद्का उपाध्यक्षलगायतका सबै सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिए । उनकाअनुसार सरकारले  गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *