राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकोमा आपत्ति जनाएका छन् ।

बालकोटमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग मंगलबार भएको भेटमा अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्नु षड्यन्त्रपूर्ण र बदनियतपूर्ण भएको बताएका हुन् ।

‘चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो,’ ओलीको भनाइ उद्धृत गर्दै प्रेस सहयोगी रामशरण बजगाईंले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दलविरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *