एभरेष्ट प्रिमियर लिगमा लगातार वर्षा बाधक

काठमाडौँ । तामझामसाथ सुरू गरिएको एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा लगातार चौथो खेलमा वर्षा बाधक बनेको छ । चौथो संस्करणको ईपीएलमा आज (मंगलबार) काठमाडौँ किङ्स-११ र पोखरा राइनोजबीच खेल हुने कार्यतालिका रहेको थियो ।

टीयू क्रिकेट मैदानमा सोमबार रातभर भएको वर्षाले मैदान गिलो भएपछि खेल केहि ढिलो गराउने प्रयास गरिए पनि मंगलबार दिउँसो पुनः वर्षा भएको र मैदान खेलाउन मिल्ने नभएपछि काठमाडौँ र पोखराबीचको खेल स्थगित गरिएको हो ।

काठमाडौँमा आइतबारबाट लगातार वर्षा हुँदा ईपीएल प्रभावित हुँदै आएको छ । यसअघि काठमाडौँ र पोखराबीचको खेल मध्याह्न सवा १२ बजेबाट सुरु हुने कार्यतालिका रहेपनि वर्षाका कारण टससमेत हुन सकेन । लगातार वर्षाले खेल प्रभावित हुन थालेपछि अब नयाँ कार्यतालिका बनाएर स्थगित खेल गराइने जनाइएको छ ।

वर्षाका कारण लगातार खेल स्थगित हुँदा आयोजकमाथि आर्थिक भार बढ्ने पक्का छ भने टीमहरूको खर्चसमेत वर्षाले बढाउनेछ । साथै रोकिएको खेल अङ्क नबाँडी पुनः गराउने भएमा तोकिएको समयभन्दा खेल केहि समय लम्बिने सम्भावना रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *