भारतीय मिडियाको तारिफ गर्दा अमेरिकी राष्ट्रपति बाइडेनको आलोचना

एजेन्सी ।

भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी पत्रकारहरूको आलोचना गरेको थिए ।

उनले अमेरिकी पत्रकारहरू कयौँ पटक विदेशी नेता सामु आफ्ना मुद्धाहरुबाट विमुख हुने गरेको अभिव्यक्ति दिएका थिए । यस्तै उनले भारतीय मिडिया आफ्ना मुद्धाहरुमा केन्द्रीत रहेको बयान थिए ।

बाइडेनको यस्तो अभिव्यक्तिप्रति अमेरिकी प्रेस जगतले चित्त दुखाएको छ । सोही कारण ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव जोन साकीले यस विषयमा चर्को प्रश्नको सामना गर्नुपर्‍यो ।

प्रेस स्वतन्त्रताको मामलामा भारत १४२ स्थानमा र अमेरिका ४४ औँ स्थानमा रहेको  बताउँदै भारतीय मिडिया र अमेरिकी मिडियाबिच कुनै तुलना हुन नसक्ने भन्दै एक पत्रकारले आक्रोश पोखे । यद्यपि उक्त अभिव्यक्तिको बचाउ गर्दै प्रेस सचिव साकीले बाइडेनको अमेरिकी मिडियालाई सम्मान गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘राष्ट्रपति निर्वाचित भएको ९ महिनाको अवधिमा उहाँ १४० पटकभन्दा बढी पत्रकार सम्मेलनमा सहभागी हुनुभएको छ, यसबाट पनि उहाँ मिडियालाई सम्मान गर्नुहुन्छ भन्ने स्पष्ट हुन्छ । ।’

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *