उपचारका लागि बैंकक उडे माओवादी नेता पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । जन्डिसको पुरानो समस्या बल्झिएपछि उनी थप उपचारका लागि बुधबार बिहान  बैंकक गएका हुन् ।

नेता पुनको साथमा उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती पनि बैंकक गएकी छन् । पुनको उपचार बैंककको समितिभेज अस्पतालमा हुने छ । उनको यसअघि पनि बैंककमा उपचार गरिएको थियो । पुनले २०७२ सालमा पनि बैंककमा उपचार गराएका थिए । त्यतिबेला उनी लामो समय उपचारका लागि बैंककमा बसेका थिए ।

पुन दम्पतीलाई बिदाइ गर्न माओवादी नेता शक्तिबहादुर बस्नेत, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *