प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका हुन् ।

पार्टीको स्थायी कमिटी बैठकअघि अध्यक्ष प्रचण्डले देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका हुन् । सरकारमा जाने मन्त्रीहरूको नामावली टुङ्गो लगाउन लगाउन माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो १२ बजे पेरिस डाँडामा बस्दै छ ।

सरकार विस्तार गर्न चरम ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्री देउवाको चर्को आलोचना हुँदै आएको छ । त्यस कारण सत्तारुढ दलहरू सरकार विस्तारका लागि गम्भीर बनेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *