नेपाल दम्पतीको स्वास्थ्यमा समस्या

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र उनकी धर्मपत्नी गायत्री नेपालको स्वास्थ्यमा समस्या देखिएको छ । यसपछि उनीहरूलाई पहरेजमा राखिएको उनको सचिवालयले जनाएको छ । सचिवालय सदस्य मोहन गौतमले भने, ‘उहाँहरूको स्वास्थ्यमा समस्या देखिएको छ । उहाँहरू अहिले घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।’

सचिवालयकाअनुसार नेपाल दम्पतीमा ज्वरो आउने, टाउको दुख्ने, शरीर आलस्यतालगायतका समस्याहरू छन् । ‘ज्वरोलगायतका समस्याहरू देखिएपछि उहाँहरू पहरेजमा हुनुहुन्छ,’ गौतमले भने, ‘अहिले स्वास्थ्य स्थिति सामान्य नै छ । सिजनल फ्लू भनिएको छ ।’

नेपाल एकान्तवासमा बसेपछि अधिकांश राजनीतिक भेटघाट बन्द भएको छ । यसपछि नेपाल पुग्नुपर्ने ठाउँमा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *