नेप्सेमा ५० अकंकाे सुधार, कारोबार भने ५ अर्बमै सीमित
मकालु खबर
२०७८ असोज १३ गते
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार(नेप्से) परिसूचक ५०.५८ अकंले बढेको छ । लगातार घटिरहेकाे बजार बुधबार भने बढेकाे हाे । मगंलबार सेयर बजार नेप्से ७० अकंले घटेको थियाे ।
बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १९३ प्रतिशतले बढेर २६६५.९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ८.५८ अकंले बढेर ५०३.४६ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै समूहका उपसूचक बढेका छन् ।
यसदिन कारोबारमा आएका २२९ कम्पनीका ९ करोड ८९ लाख ४ हजार ४ सय ७८ कित्ता सेयर ५ अर्ब २ करोड ८५ लाख ५५ हजार रुपैयाँमा खरिद-बिक्री भएको छ ।
यस दिन ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र अपि पावर कप्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशत बढेको छ ।
मकालु खबर
२०७८ असोज १३ गते
प्रतिक्रिया
सम्बन्धित