प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं ।

बिहीबार (आज) प्रतिनिधि सभाको बैठक बस्दै छ । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको अन्ठाउन्नौँ वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धीको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *