बागमतीमा सरकारको नेतृत्व गर्ने प्रस्ताव आपत्तिजनक : डा. शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बागमती प्रदेशमा सरकारको नेतृत्व गर्ने काँग्रेसको प्रस्ताव आपत्तिजनक भएको बताएका छन् । प्रस्तावले काँग्रेस पार्टीलाई कमजोर बनाउने उनको दाबी छ ।

काँग्रेसले नेकपा (एकीकृत समाजवादी)लाई बागमतीमा अढाई महिनाका लागि भए पनि सरकारको नेतृत्व दिन प्रस्ताव गरेको थियो । यसमा उनले आपत्ति जनाएका हुन् । ‘बागमती प्रदेशमा सङ्कटमा परेको एमाले प्रदेश सरकार परिवर्तन गर्ने क्रममा नेपाली काँग्रेसको महाधिवेशनलाई लक्षित गरी अढाई महिना आफ्नो नेतृत्वमा सरकार बनाउन काँग्रेस नेतृत्वले नेकपा एसलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ,’  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काँग्रेस पार्टीलाई कमजोर बनाउँछ ।’

यसप्रकारको कदमले काँग्रेसका सदस्य र आम जनतालाई के सन्देश दिन खोजिएको हो  ? उनले प्रश्न गरेका छन् । ‘सङ्घीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली काँग्रेसका सदस्यहरू र आम जनतालाई के सन्देश दिन खोजिएको हो ? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *