‘गुलाब’ चक्रवातका कारण महाराष्ट्रमा १२ जनाको मृत्यु

काठमाडौं ।

गुलाब चक्रवातका कारण भारतको महाराष्ट्रमा दुई दिनमा १२ जनाको मृत्यु भएको छ । लगातार तीव्र गतिको हावासहित भारी वर्षका कारण जनजीवन प्रभावित भएको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ । भने महाराष्ट्रको पालघर र मुम्बईमा  चक्रवातको प्रभाव धेरै परेको छ ।

उक्त चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । यसअघि चक्रवातका कारण ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्र प्रदेशमा जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *