सर्वदलीय बैठक शुरू, एमालेद्वारा बहिष्कार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ । संसद्को गतिरोध अन्त्यका लागि भन्दै बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) भने अनुपस्थित भएको छ ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार प्राविधिक कारणले गर्दा एमाले अनुपस्थित भएको हो । ‘एमाले अनुपस्थित छ,’ नेम्वाङ्गले भने, ‘प्राविधिक कारणबस उपस्थित हुन सकिएन ।’

देउवा नेतृत्वको सरकारले अध्यादेश ल्याएर आफ्नो दल फुटाएको साथै सभामुख अग्निप्रसाद सापकोटा त्यसमा सहयोगी बनेको भन्दै एमालेले संसद्मा निरन्तर विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *