अवैध दललाई बोलाइएको कुनै बैठकमा जाँदैनौँ – एमाले

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अनुपस्थित भयो । एमाले किन बैठकमा गएन ? भन्ने मकालुखबरको जिज्ञासामा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले भने, ‘प्राविधिक कारणले एमाले बैठकमा उपस्थित हुन सकेन । यद्यपि बालुवाटारलाई जानकारी भने गरेको थियो ।’

अर्का एक नेताले भने अवैध दल सहभागी कुनै पनि बैठकमा एमालेले सहभागिता नजनाउने बताउँछन् । ती नेताले भने, ‘अवैध दलहरू सहभागी बैठक आफैं अवैध हुन्छ । त्यस्तो दलहरू अनुपस्थित भएको बैठकमा एमाले कहीँ पनि जाँदैन । एमालेले अवैधलाई सधैं बहिष्कार गर्छ ।’

ती नेताले एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) अवैध भएको उल्लेख गर्दै भने, ‘माधवकुमार नेपालसम्बद्ध कुनै पनि बैठकमा हामी जाँदैनौँ । अवैध दललाई सहभागी गराएर कस्तो बैठक चलाउँछन् कुन्नि, चलाउन् ।’ संसद्मा पनि एमालेले एकीकृत समाजवादीलाई प्रवेश नदिनुपर्ने अडान राख्र्दै गत भदौ २३ यता बसेको सबै बैठक अवरुद्ध गर्दै आएको छ ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा समेत एमाले सहभागी भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *