राजकुमार लेखीले छाडे लोसपा

काठमाडौँ । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार (आज) बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुरसमक्ष पद त्याग गरेको पत्र बुझाएका छन् ।

उनले नयाँ राजनीतिक यात्रा शुरू गर्ने बताएका छन् । ‘म यसपार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ उनले राजीनामा भनेका छन् ।

उनले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *