यस्तो छ एमालेको विधान महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान महाधिवेशन स्थलको अवलोकन गरेका छन् । एमालेको प्रथम विधान महाधिवेशन हुन लागेको ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रको अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेललगायतले अवलोकन गरेका हुन् ।

तीन दिने विधान महाधिवेशन भोलिदेखि शुरू हुँदै छ । महाधिवेशनमा देशभरबाट करिब ५ हजार प्रतिनिधिले भाग लिनेछन् । विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीनवटा प्रतिवेदनहरु पेस हुनेछन् ।

जसमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ । महाधिवेशन ३ दिनसम्म चल्नेछ ।

तस्बिर : सूर्य थापा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *