काठमाडौँमा सभा जुलसलगायत भिडभाड हुने काम गर्न नपाइने
काठमाडौँ । आजदेखि काठमाडौँमा भिडभाड, सभा जुलस, जात्रा महोत्सव, भोज लगायत भिडभाड हुने क्रियाकलाप गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबार सूचना निकालेर बिहीरबाटै लागू हुने गरि यस्तो आदेश जारी गरेको हो ।
कोरोना महामारीको जोखिम कायमै रहेकाले मास्कको अनिवार्य प्रयोग गर्ने सामाजिक दूरी कायम गर्ने, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्न पनि जिल्ला प्रशासन कार्याललयले अनुरोध गरेको छ ।
मास्क नलगाउने यात्रुले यात्रा गर्न नपाउने
अब मास्क नलगाउने यात्रुले सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लागू हुने गरी उक्त नयाँ नियम लागू गरेको छ । यस्तै सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि प्रशासनले उल्लेख गरेको छ ।
भने, चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, अनिवार्य रूपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नु पर्ने लगायतका नियम पनि लागू पालना गर्नुपर्ने छ ।
आदेशको पूर्णपाठ