संसद् : महालेखाको प्रतिवेदन पेस, पुनः १९ गते बस्ने

काठमाडौँ । नेकपा (एमाले) को अवरोधका बीच प्रतिनिधि सभाको बैठक केही बेर बसेर स्थगित भएको छ । बिहीबार (आज) दिउँसो १ बजे शुरू भएको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको हो ।

बैठक शुरू हुनासाथ एमाले सांसद्हरुले नाराबाजी शुरू गरिसकेका थिए । उनीहरुको नाराबाजीका बीच सभामुखले सदनको कारबाही अघि बढाएका थिए । उनले राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए । त्यस्तै, कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखाको प्रतिवेदन पेस गर्न पनि समय दिए ।

सभामुखको आदेशबमोजिम कार्कीले पेस गरे । त्यसलगत्तै बैठक स्थगित भयो । एमालेको नाराबाजी भने कायमै थियो । भदौ २३ गतेदेखि शुरू भएको संसद्को नवौं अधिवेशनलाई एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

एमाले विभाजनमा सभामुख सहयोगी बनेको भन्दै आक्रोशित एमालेले सदनको कारबाहीलाई अवरोध गरेको हो । एमालेले एकीकृत समाजवादीलाई अवैध भन्दै उक्त दलका सांसदहरूले प्रवेश नपाउनुपर्ने जनाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *