एमाले विधान महाधिवेशन नेपालीको भविष्यसँग जोडिएको छ : बादल

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले एमालेको विधान महाधिवेशन नेपाल र नेपालीहरूको भविष्यसँग जोडिएको बताएका छन् । बिहीबार (आज) विधान महाधिवेशन तयारीबारे गरिएको पत्रकार सम्मेलनमा बोल्दै बादलले यस्तो बताएका हुन् । ‘यो प्रत्यक्ष रूपमा नेपाल र नेपालीहरूको भविष्य र समृद्धिसँग जोडिएको छ,’ बादलले भनेका छन् ।

एमाले विधान महाधिवेशन समाजवादी कार्यक्रमसँग पनि जोडिएको बादलले बताए । ‘यो महाधिवेशनले नेतृत्व छान्दैन,’ बादलले भने, ‘यसले नीति बनाउँछ, नियम बनाउँछ । यसैले यो समृद्धिसँग जोडिको छ । यो समाजवादसँग जोडिएको छ ।’

एमालेले असोज १५ (भोलि) देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ, जहाँ ६ हजार प्रतिनिधिहरूको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *