एमाले विधान महाधिवेशन : हलमा नअटेका प्रतिनिधिलाई टेन्टमा

काठमाडौँ । असोज १५ (भोलि) देखि एमालेको विधान महाधिवेशन शुरू हुँदैछ । बैठकमा ६ हजारभन्दा धेरै प्रतिनिधिहरू सहभागी हुने एमालेले जनाएको छ । महाधिवेशनको शुक्रबार (भोलि) १२ः१५ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

व्यवस्थापन समितिले बिहीबार (आज) पत्रकार सम्मेलन गरी जानकारी दिएअनुसार हलमा प्रतिनिधिहरुको सिट प्लानिङ गरिएको छ । पदाधिकारी एवं स्थायी कमिटी सदस्यहरु मञ्चमा हुनेछन् भने मुल हलमा ३ हजार प्रतिनिधि रहनेछन् ।

दायाँ बायाँको हलमा एकएक हजार प्रतिनिधि बस्नेछन् भने दुवै हलको प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर एकएक हजार क्षमताका हल बनाइएको छ । सबै गरेर ७ हजार मानिसका लागि बस्ने व्यवस्था मिलाइएको व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ ले बताए ।

सहभागीहरुलाई बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ भने खाजा प्याकेटमा दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *