बादल भन्छन्- ‘संसद् विघटन सही थियो भन्ने पार्टीको निष्कर्ष हो’

काठमाडौँ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले संसद् विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । बिहीबार (आज) विधान महाधिवेशन तयारीको सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पत्रकारहरूले राखेको प्रश्नको जवाफमा बादलले यस्तो बताएका हुन् । ‘संसद् विघटन सही थियो भन्ने पार्टीको निर्णय हो,’ बादलले भनेका छन् ।

एमाले विधान महाधिवेशन समाजवादी कार्यक्रमसँग पनि जोडिएको बादलले बताए । ‘यो महाधिवेशनले नेतृत्व छान्दैन,’ बादलले भने, ‘यसले नीति बनाउँछ, नियम बनाउँछ । यसैले यो समृद्धिसँग जोडिको छ । यो समाजवादसँग जोडिएको छ ।’

एमालेले असोज १५ (भोलि) देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ, जहाँ ६ हजार प्रतिनिधिहरूको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *