साफ च्याम्पियनसीप : कस्ता प्रतिद्वन्द्वीसँग खेल्दैछ नेपाल ?

काठमाडौँ । दक्षिण एसियाको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीप शुक्रबार (भोलि)बाट माल्दिभ्सको राजधानी मालेमा सुरू हुँदैछ । १ सेप्टेम्बरबाट प्रतियोगिता सुरू हुने भनिएपनि आयोजकको टुङ्गो भने एकमहिना अघि मात्र लागेको थियो ।

बंगलादेशमा हुने तय भएपनि बंगलादेशले प्रतियोगिता नगर्ने भएपछि नेपाल र माल्दिभ्सले दाबेदारी दिएका थिए । जहाँ अन्तिम समयमा माल्दिभ्सले बाजी मार्‍यो ।

प्रतियोगिताको तयारीस्वरूप नेपालले तीन महिनायता निरन्तर अभ्यास गरिरहेको छ । नेपालले साफ च्याम्पियनसीपमा अहिलेसम्म एकपटक पनि फाइनलको यात्रा तय गरेको छैन । त्यसैले नेपालका लागि हरेक पटक हुने साफ सधैँ उपाधि अपेक्षा र दाबेदार मानिएर सुरू हुने अनि सेमिफाइनलसम्म पुगेर बाहिरिने हुने गरेको छ ।

यो पनि : सहज छैन नेपाललाई साफ च्याम्पियनसीप

यसपटक पाकिस्तान र भुटानले नखेलेकाले पाँच देश प्रतिस्पर्धामा छन् । जहाँ सबैले एकअर्काविरुद्ध खेल्नेछन् । नेपालले प्रतियोगिताको सुरूवात शुक्रबार घरेलु टोली माल्दिभ्ससँगको खेलबाट गर्नेछ । आयोजक माल्दिभ्ससँगै नेपालले राउन्डरोविनका आधारमा बंगलादेश, भारत र श्रीलङ्कासँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुईमा रहने टीमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले प्रतिस्पर्धा गर्ने पाँच देश कस्ता छन् त ?

सर्वाधिक सफल भारत
भारत दक्षिण एसियाली फुटबलको पावर हाउस हो । सर्वाधिक धेरै पटक साफ च्याम्पियनसीपको उपाधि जितेको भारत फिफा वरियतामा पनि दक्षिण एसियामा सबैभन्दा माथि छ । १०७औँ स्थानमा रहेको भारतले साफको तयारीका क्रममा केहि समयअघि नेपालसँग काठमाडौँमा मैत्रीपूर्ण खेल खेल्यो । जहाँ पहिलो खेलमा गोलरहित बराबरीमा रोकिएपनि दोस्रो खेलमा भारतले २-१ को जित निकाल्यो ।

७ पटक साफ च्याम्पियनसीपको उपाधि जितेको भारत पछिल्लोपटक २०१५ मा च्याम्पियन भएको थियो । त्यसैले भारत ६ वर्षपछि उपाधि जित्ने अभियानमा छ । २०१५ मा भारतमै भएको साफ च्याम्पियनसीपमा उपाधि जितेपछि बंगलादेशमा २०१८ मा भएको प्रतियोगितामा भारत फाइनलमा माल्दिभ्सँग पराजित हुँदै उपविजेतामा सीमित भयो ।

Indian men's football team lauds decision to reschedule World Cup qualifiers | Deccan Herald

यो पटक भारत पुनः उपाधि हत्याउने दाउमा छ । उसले सक्दो राम्रो टीम बनाउने प्रयास गरेको छ । भारतका लागि क्रोएसियाका प्रशिक्षक इगोर स्टिमाक यो पटक टीमलाई च्याम्पियनभन्दा पछि रहने छुट नभएको बताउँछन् ।

उनी भन्छन्‚ ‘हाम्रो तयारी र विगतको छविलाई कायम राख्न पनि यो पटक हामीलाई च्याम्पियनभन्दा पछि रहने छुट छैन । त्यसैले टीम सोहीअनुसार प्रदर्शनका लागि तयार छ ।’

भारतीय टीम
गुरप्रित सिंह, अमरिन्दर सिंह, विशाल कैथ, प्रितम कोतल, सेरिटन फर्नान्डेज, चिङ्गलेङसना सिंह, राहुल भेके, सुभाषिस बोसे, मन्दर राओ देसाई, उदान्त सिंह, ब्रान्डन फर्नान्डेज, लालेङमाविआ, अनिरूद्ध थापा, सहल अब्दुल समाद, जेकसन सिंह, ग्लान मार्टिन्स, सुरेश सिंह, लिस्टन कोलाको, यासिर मोहमद, मनविर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी ।

घरेलु मैदानको फाइदामा माल्दिभ्स
साविक च्याम्पियन माल्दिभ्स समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक च्याम्पियन बन्ने तयारीमा छ । माल्दिभ्सलाई यो पटक घरेलु मैदानको फाइदा हुनेछ । नेपाललाई पछि पार्दै आयोजनाको जिम्मेवारी हत्याएको माल्दिभ्स स्वभाविक रुपमा दाबेदार छ । २००८ मा पहिलो पटक च्याम्पियन बनेको माल्दिभ्सले त्यसयता दोस्रो पटक उपाधि जित्न १० वर्ष पर्खनु परेको थियो ।

Record low' turnout for national team match – Maldives Independent

यसअघि‚ अर्थात् सन् २०१८ मा दक्षिण एसियाली पावरहाउस भारतलाई हराउँदै च्याम्पियन बनेको माल्दिभ्स दक्षिण एसियमा भारतपछि सबैभन्दा अघि छ । १५८औँ स्थानमा रहेको माल्दिभ्स भारतपछि सफल टीम हो ।

अजिल सुजेनको प्रशिक्षणमा रहेको टीम लगातार दोस्रो पटक दक्षिण एसियाली च्याम्पियन बन्न तम्तयार रहेको दाबी गर्दै आएको छ ।

माल्दिभ्स टीम
मोहम्मद साफु, सामोच अली, अहमद नुमान, हुसान सिफाउ युसुफ, मोहम्मद उमेर, इस्माली इसा, अली आस्फिक, इब्राहीम आसम, असदुलल्ह अब्दुल्लाह, हम्जा मोहम्मद, अलि फासिर, अलि हालिस्मा, अक्रम अब्दुल्लाह घानी, गासिम समाम, मोहमेद्ध नामि, इब्राहिम महुद्धि, अली नाइजी, हाइसिम हसन, असद्ध अली, मोहमेद्ध फैसल, हुसेन निहान, इब्राहिम हसन वाहिद्ध, नाइज हसन, हसन रेफ अहम्मद ।

श्रीलङ्कालाई सम्हालिने चुनौती
श्रीलङ्का दक्षिण एसियाली फुटबलमा कुनै समय बलियो टीमका रुपमा रहेको थियो । सन् १९९५ मा दोस्रो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको श्रीलंका प्रतियोगिताको च्याम्पियन बन्यो । उक्त प्रतियोगितामा सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलङ्काले नेपाललाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए । पछि फाइनलमा श्रीलङ्काले भारतलाई १-० ले हराएर उपाधि जित्यो ।

SRI LANKA National Football Team READY for FIFA WORLD CUP 2022™ and AFC ASIAN CUP 2023 Qualifiers - YouTube

यो उपलब्धि नै श्रीलङ्काली फुटबलको सर्वाधिक सफल यात्रा हो । त्यसयता कमजोर बनेको श्रीलङ्काली फुटबल आफ्नो अस्तित्व रक्षामा नै केन्द्रित छ । क्रिकेटको लोकप्रियताले किनारमा पुगेको फुटबल आन्तरिक राजनीतिले झनै शिथिल रह्यो । यद्यपि श्रीलङ्का पुनः एकपटक उदाउने धुनमा रहेको छ ।

श्रीलङ्काली टीम
सुजन परेरा, रुवन अरुनासिरी, कभिस लकप्रिया, हर्षा फर्नान्डो, रोसन अपुहामी, चामोद दिलसान, चरिथा राथानायके, मार्भिन हामिल्टन, चलना चमिरा, जुड सुपन, मोहमद्ध मुस्तक, मोहमद्ध फजल, मोहमद्ध सिफान, कभिन्दु इसान,डिलन डि सिल्भा, वासिम रजिक, मोहमद्ध अकिब, असिकुर रहहुमन, सुपुन धन्नजय, रिफखान मोहमद्ध, अमन फैजर, डुकसन पुसलास, एडिसन फिगुराडो

च्याम्पियनको लक्ष्यमा बंगलादेश
बंगलादेश साफ च्यामम्पियनसीपको यस्तो टीम हो‚ जो सधैँजसो उपाधिका लागि दाबेदार मानिन्छ । तर उसले केवल एकपटक उपाधि जितेको छ । बंगलादेशले २००३ को साफ च्याम्पियनसीपमा घरमा नै उपाधि जितेको थयो । तत्कालीन साफमा सबै ८ देश सहभागी थिए ।

Bangladesh set to feature Nigeria-born forward Eleta Kingsley in SAFF Championship 2021 | Goal.com

माल्दिभ्सलाई टाइब्रेकरमा पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको बंगलादेश त्यसयताका १८ वर्ष उपाधिकै प्रतिक्षामा छ । यो पटक बंगलादेश पनि च्याम्पियनको दाबेदारका रुपमा रहेको छ ।

बंगलादेश टीम
अनिशुर रहमान जिको, सहिदुल अलम सोचेल, असफुल इस्लाम रना, टोपु बरमान, विश्वनाथ घोष, रहमत मिय, तरिक रइहन कजि, रियाडुल हसन रफि, यसिन अराफात, राजगल करिम, टुटल होसीन बदेशा, मोहमद्ध रिद्धियो, सहेल रना, जमल भुयान,साद उद्धिन, रकिब होसिन, अटिकर रहमन फहाद, विपलब अहमेद, महबुर रहमान, मोहमद्ध इब्राहिम, माटिन मिया, सुमन रेजा, जेवेल रना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *