जसलाई बढी मन्त्री बनाएँ, उनैले दलालहरूसँग हात मिलाएर गए : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नेताहरूले दलालीहरूसँग हात मिलाउन थालेको बताएका छन् । बिहीबार (आज) अनेरास्ववियू (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अन्ततः माओवादीहरू पनि दलालीहरूसँग मिल्ने भए । त्यो देखियो नि । दलालीहरूसँग मिल्ने भए । मैले जसलाई धेरै पटक मन्त्री बनाएँ पार्टीबाट । उनैले दलालहरूसँग हात मिलाए । उनैसँग मिलेर गए ।’

आफ्नो पूर्वसहपाठीहरू रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझीलगायतका नेताहरूतर्फ इङ्गित गर्दै प्रचण्डले भने, ‘शहीद परिवार, बेपत्ता परिवारहरूको कुरा सुन्नु छैन । खाली दलालीहरूसँग जोडिएका छन् । यसरी त क्रान्ति त सफल हुँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *