भक्कानिँदै प्रचण्डले भने- ‘लड्ने कि आत्महत्या गर्ने ठाउँमा पुगेँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पार्टीका अध्यक्षले प्रतिक्रान्ति गरेर संसद् विघटन गरेपछि आफू लड्ने कि आत्महत्या गर्ने भन्ने ठाउँमा पुगेको बताएका छन् । बिहीबार (आज) अनेरास्ववियूको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचडले आफू भगतसिंहको पालाको चन्द्रशेखरजस्तै आत्हत्या गर्ने कि भन्ने मोडमा पुगेको बताएका हुन् ।

यसो भन्दैगर्दा प्रचण्ड पटक पटक भक्कानिए । उनले भगतसिंहको चलचित्रमा रहेको पात्र चन्द्रशेखर दुश्मनको घेरामा परेपछि अन्तिममा माटो समातेर ‘क्रान्तिको लागि यति नै गर्न सकेँ’ भन्दै आत्महत्या गरेको प्रसङ्ग सुनाउँदै भने, ‘म पनि यस्तै मोडमा पुगेको थिएँ । तर सबैको सहयोगमा पछि लड्न सकियो । अन्ततः जित नै पनि भयो ।’

त्योभन्दा अगाडि उनले भने, ‘क्रान्तिको ऋण त मेरै शीरमाथि थियो । म यस्तो मोडमा पुगेँ कि प्रतिक्रान्तिसँग आत्मसर्पण गर्नुभन्दा त आत्महत्या गर्नु ठीक हो । आत्महत्या भनेको चाहिँ सबै गलत हुँदैन है साथी हो । मार्क्सका ज्वाइँ–छोरीहरुले सूसाइड गरेको कथा तपाईंहरूले पढ्नुभयो होला । सूसाइड सबै गलत हुँदैनन् । म पनि मर्ने कि लड्ने भन्ने दुई विकल्पमा थिएँ । तर, हामी सबै साथीहरुले सल्लाह गरेर फेरि लड्ने, जेल जानुपर्छ जाने, मारिनुपर्छ भने पनि तयार हुने भनेर प्रतिक्रान्तिको अगाडि हरहालतमा नझुक्ने भन्ने संकल्पबाट शुरू भयो पुस ५ पछिको आन्दोलन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *