राष्ट्रिय दिवसमा, फूलमा प्रतिबिम्बित चीन

काठमाडौँ । आज अक्टोबर १ अर्थात् चीनको ७२ औँ राष्ट्रिय दिवस । चीनको राष्ट्रिय दिवस भएकाले पनि अक्टोबर १ तारिखलाई विश्वले निकै चासो दिइरहेको हुन्छ । विश्वको नजर चीनतिर सोझिनुका पछाडि उसले नबिराइकन पछ्याउँदै गरेका लक्ष्य र योजनाहरू मूख्य जिम्मेवार हुन् ।

विशेषतः यसै अवसरमा चीनले गर्ने शक्ति प्रदर्शन, चिनियाँ नागरिकमा थप्ने ऊर्जा, विश्वका उच्चस्तरीय नेताहरूबिचको सन्देश आदानप्रदान लगायतका कारण विश्वका सञ्चार माध्यमहरू पनि चीनतर्फ नै हेरिरहेका हुन्छन् ।
यो दिवसको बेलामा चीनको राजधानी फूल फूलले रङ्गीचङ्गी हुन्छ भने तिया मेन स्क्वायरमा राखिने फूलको टोकरीप्रति गहिरो चासो पनि हुन्छ । हेर्दा सुन्दर यो टोकरीभित्र गहन भाव लुकेको हुन्छ ।

संसारकै सबैभन्दा ठूलो यही स्क्वायरबाट जनगणतन्त्र चीन घोषणा भएको थियो भने राष्ट्रिय दिवसको नाममा सजाउने पुष्प टोकरीले निकै गहिरो अर्थ दिने गर्दछ । त्यो फूलमा चीनले आफ्नो स्वाभिमान, सङ्घर्ष, इतिहास, वर्तमान र भविष्यका कैयन् भावार्थ लुकाएको हुन्छ । एउटा सामान्य कुरामा पनि कति गहिरा कुरा समेटेर चीनले देशका नागरिकको शिर उँचो बनाउँदो रहेछ भन्ने कुरा जुनसुकै देशका लागि अनुकरणीय हुनसक्छ ।

जनगणतन्त्र चीन ७२ वर्षको हुँदै छ । धेरैले याद गरेको हुनुपर्छ त्येनमन  स्क्वायरमा बडेमानको फूलको गुच्छा स्थापना गरिएको हुन्छ र बाँकी स्थायी भौतिक संरचनाहरु त यथावत नै हुन्छन् । माओ स्मृति भवन, ग्रेट हल अफ द  पिपुल्स, फर्बिडन सिटी, राष्ट्रिय सङ्ग्रहालयका लगायतका कुराहहरु सदैव यथावत रहे पनि केन्द्र भागमा भने अक्टोबर १ का लागि विशेष पुष्प गुच्छा उभिएको हुन्छ ।

फूलको दृढतासँगै त्येनमन स्क्वायर चीनको रणनीतिक सांस्कृतिक र आध्यात्मिक क्षेत्र पनि हो ।  यहीँबाट बाह्य जगतको लागि सन्देश प्रवाह गरिरहेको हुन्छ ।
थप जानकारी यो भिडियोमा 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *