अखिल (क्रन्तिकारी)को बन्दसत्र आजदेखि

काठमाडौँ ।

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत आज(शुक्रवार)देखि बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रमा सङ्गठनको कार्यनीतिदेखि लिएर विद्यार्थीका मुद्दा र एजेन्डाका विषयमा व्यापक छलफल हुनेछ । यस्तै पार्टीका नेताहरूको राजनीतिक प्रशिक्षण पनि हुने बताइएको छ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पनि पेस गर्ने भएका छन् ।

नेतृत्वका लागि सुरेन्द्र बस्नेत र पन्चा सिंह मुख्य आकाङ्क्षी देखिएका छन्। यस्तै, उत्तम अधिकारीसहित तिलकराज भण्डारी, दीपक देवकोटा र विजय गौतम पनि अध्यक्षको दौडमा छन् ।

यसअघि बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष प्रचण्डले सम्मेलनको उद्घाटन गरेका थिए । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन शनिवार सम्पन्न गर्ने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *