विधान महाधिवेशनका लागि गोदावरी पुगे प्रतिनिधि (तस्बिरहरू)

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन शुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो ।

६ हजार प्रतिनिधिको उपस्थितिमा ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नेकपा विभाजनपछि गुमेको शक्ति फर्काउने विषयमा विचार मन्थन, नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।

अहिले प्रतिनिधिहरू गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा पुग्ने क्रम जारी छ । केहीबेरमा अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *