साफ च्याम्पियनसीप

नेपाललाई असफलताको इतिहास तोड्ने अवसर

काठमाडौँ । नेपाली फुटबलको एउटा साझा लक्ष्य साफ च्याम्पियनसीपको उपाधि जित्ने हुने गरेको छ । जब नयाँ प्रशिक्षक आउँछन्‚ उनीहरूको एउटै लक्ष्य ‘साफ जित्ने’ रहने गरेका छन् । तर जब साफ च्याम्पियनसीप आउँछ‚ नेपाल पुरानै नतिजा दोहोर्‍याउँछ ।

नेपाली फुटबलको यो लक्ष्य पूरा गर्ने सपनाको पुनः एकपटक शुरूवात आज (शुक्रबार) हुँदैछ । नेपालले फेरि एकपटक ‘दाबेदार’का रुपमा साफ च्याम्पियनसीप शुरू गर्दैछ ।

याे पनि : नेपाल जितका लागि मैदानमा अन्तिमसम्म लड्छ : कप्तान किरण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा गर्विलो इतिहास भएपनि फुटबलको प्रतियोगिता साफ च्याम्पियनसीपमा नेपालले सेमिफाइनलको ‘खड्गो’ काट्न सकेको छैन । त्यसैले माल्दिभ्समा कम्तीमा यो पटक नेपाल लगातार असफलताको ‘जिंक’ तोड्न चाहन्छ ।

यो पनि : सहज छैन नेपाललाई साफ च्याम्पियनसीप

साफमा नेपालको उत्कृष्ट प्रदर्शन भनेको सेमिफाइनल यात्रा हो । तीन पटक सेमिफाइनल पुगेपनि नेपाल त्यहिँबाट घर फर्किएको छ । १९९३ को तत्कालीन पहिलो सार्क गोल्डकपमा नेपाल तेस्रो भयो । जुन नेपालको अहिलेसम्मको उच्च उपलब्धि हो । तर सागमा भने नेपाल दुई पटक च्याम्पियन बन्यो । सागमा यू-२३ को टिमले खेल्ने गरेको छ । नेपालले सागमा २०१६ र २०१९ मा नेपालमा स्वर्ण चुमेको थियो । सागमा बलियो नेपाल साफमा सधैँ कमजोर किन ? अब यसको जवाफ दिने बेला भएको छ । र त्यो मौका बनेर आएको छ‚ साफ च्याम्पियनसीप २०२१ ।

यो पनि : साफ च्याम्पियनसीप : कस्ता प्रतिद्वन्द्वीसँग खेल्दैछ नेपाल ?

यो पटक साफ च्याम्पियनसीप खेल्ने नेपाली टीम युवाले भरिएको छ । नेपालका मूख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी प्रयोग गर्न रुचाउने प्रशिक्षक भएकाले यो पटक नेपालको प्रयोग कस्तो हुन्छ समयले देखाउनेछ । नेपाली टिममा सर्वाधिक अनुभवी खेलाडीका रुपमा कप्तान किरण चेम्जोङ र रोहित चन्दमात्र हुनेछन् । नवयुग श्रेष्ठ, अञ्जन विष्ट र विशाल राईसँग दुईभन्दा बढी साफ च्याम्पियनसीपको अनुभव छ । यसपटक धेरै खेलाडी पहिलो पटक दक्षिण एसियाको ठुलो प्रतियोगितामा भाग लिनेछन् ।

समग्रमा नेपाली टीम अनुभव कम र युवा बढी भएका खेलाडीले भरिएको छ । त्यसैले अन्य टिमका लागि पक्कै पनि सरप्राइज हुनेछ । तर नेपालले आफ्नो उपस्थिति देखाउन आज माल्दिभ्ससँगको खेलमा नै स्पष्ट जित निकाल्नुपर्नेछ । अन्यथा फेरि पनि नेपाललाई असफलताको यो ‘जिंक’ले फेरि पनि सताउने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *