गीत गाउँदै प्रचण्डले भने- ‘राजनीतिमा नआएको भए कलाकार हुन्थेँ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिमा नलागेको भए आफू कलाकार बन्ने बताएका छन् । शुक्रबार (आज) राष्ट्रिय नाचघरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

गीत/संगीत, संस्कृति, खेलले आफूलाई लठ्ठै पार्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘मलाई पनि सानोमा गीत/संगीतमै रहने कि भन्ने थियो । तर, पछि सम्भव भएन । सायद राजनीतिमा नआएको भए म पनि यतै हुन्थेँ हुँला ।’ कलाकारिता क्षेत्रले देशको प्रतिष्ठा बढ्ने प्रचण्डको भनाइ थियो । ‘यो क्षेत्र भनेको देशको प्रतिष्ठा बढाउने विधा हो,’ प्रचण्डले भने, ‘कलाकारिताले देशलाई एकतामा बाँध्छ ।’

राजनीतिक कार्यक्रम निरस हुने भन्दै प्रचण्डले कलाकारितासँग जोडिएका कार्यक्रमहरू रसिलो हुने बताए । ‘म पनि यहाँ आउँदा बडो रिल्याक्स भयो,’ प्रचण्डले भने, ‘अब एकछिनपछि राजनीतिक कार्यक्रममा जाँदैछु । त्यहाँ मलाई बडो चाहिँ दिक्क लाग्छ । बढी घोचपेच हुन्छ ।’ कार्यक्रमबीच प्रचण्डले गीतसमेत गाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *