साफ च्याम्पियनसिप

२२ वर्षपछि माल्दिभ्समाथि नेपालको जित (तस्बिरहरू)

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । मालदिभ्सको मालेमा शुक्रबार राती भएको पहिलो खेलमा घरेलु टिम माल्दिभ्सलाई १-० ले हराउँदै नेपालले महत्त्वपूर्ण ३ अङ्क सहित प्रतियोगिता  सुरुवात गरेको हो ।

२२ वर्षपछि मालदिभ्सलाई हराउन नेपालका लागि मनिष डागीले गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । उनी ८० औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए । व्यक्तिगत रूपमा मनिषको नेपालका लागि दोस्रो अन्तरराष्ट्रिय गोल हो ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई पहिलो पटक हराएको हो । अब नेपालले आफ्नो दोस्रो खेलमा श्रीलङ्कासँग सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले भारतसँग असोज २४ गते  र बङ्गलादेशसँग असोज २७ मा खेल्नेछ ।

तस्बिर : एन्फा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *