काठमाडौँमा कांग्रेसको पालिका अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौं पालिका अधिवेशन आज हुँदैछ । काठमाडौंका पालिकाहरुमा देउवा सिटौला पक्ष र प्रकाशमान-गगन थापापक्षबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँ  महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा-कृष्णप्रसाद सिटौला र नेता प्रकाशमान सिंह-गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । देउवा पक्षसँग मिलेर सिटौला निकट केन्द्रीय सदस्य भिमसेन दास प्रधानले गठबन्धन बनाएका छन् ।

प्रकाशमान-गगन पक्षबाट काठमाडौं महानगरपालिका निलकाजी शाक्य उम्मेदवार हुने भएका छन् । देउवा पक्षबाट काठमाडौं महानगर प्रगतिमान रञ्जित उम्मेदवार बन्नेछन् ।

अधिवेशन अहिले सवा ८ बजेदेखि राष्ट्रिय सभा गृहमा हुने भएको छ । महानगरको अधिवेशन नेता प्रकाशमान सिंहले उद्घाटन गर्ने जिल्ला सभापति सबुज बानियाँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *