देशभर बदली, यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । आज काठमाडौँ उपत्यकामा बिहानैदेखि सिमसिम पानी पर्न सुरु भएको छ । आज दिउँसोसम्म नै वर्षा कायम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अन्य प्रदेशमा पनि केही स्थानहरूमा यस्तो सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी ३ दिनको मौसमको विवरण

शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना छ।

आइतबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *