एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि समूहगत छलफल शुरू

काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशनको दोश्रो दिन शनिबार (आज) समूहगत छलफल शुरू भएको छ । शुक्रबार (हिजो) देखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल शुरू भएको हो ।

महाधिवेशनमा पेस भएका दस्ताबेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ । समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।

१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने नेता शेरबहादुर तामाङले जानकारी दिए । यसपछि समूहको निष्कर्ष सुनाइनेछ । समूहको निष्कर्षपछि आइतबार (भोलि) महाधिवेशन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *