प्रचण्डको दाबी- ‘देशको हिरो प्रचण्ड नै भन्ने भएको छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हिरो माओवादी नै भएको दाबी गरेका छन् । शनिवार (आज) काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । ‘फेरि पनि देशको हिरो माओवादी नै रहेछ भन्ने भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘प्रचण्ड नै रहेछ भन्ने लागेको छ ।’

यस्तै प्रचण्डले पूर्वमाओवादी मिल्नुको विकल्प नरहेको बताए । वैद्यदेखि गोपाल किराँतीसम्मका नेताहरूसँग आपसमा छलफल तथा संवाद भइरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘वैद्यजीसँग, विप्लवजीसम्म, गोपाल किराँतीसम्मका नेताहरूसँग एक हुनेबारे कुराकानी भइरहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *