रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका निर्विरोध
मकालु खबर
२०७८ असोज १६ गते
काठमाडौँ । नेपाली कांग्रेसको रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् । शनिवार (आज) भएको अधिवेशनबाट रोका दोस्रो कार्यकालका लागि सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।
अधिवेशनबाट उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम तथा सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् । रोका कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । शनिवार नै भएको अधिवेशनबाट मुस्ताङमा पनि पौडेल समूहकै रोमी गौचन थकाली सभापतिमा चुनिएका थिए ।
मकालु खबर
२०७८ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित