लोसपा छाडेका लेखी आज एमाले प्रवेश गर्दै

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता राजकुमार लेखीले आइतबार (आज) नेकपा (एमाले) प्रवेश गर्दैछन् । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्रीसमेत रहेका लेखीले अध्यक्ष केपी शर्मा ओलीको हातका टीका लगाएर पार्टी प्रवेश गर्दैछन् ।

साबिक जनता सामाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका लेखीले विचार र भावना मिल्ने पार्टी रोज्ने बताउँदै आएका थिए । ‘योबीचमा मूलधारका राजनीतिक दलका साथीहरूसँग कुराकानी भयो,’ लेखीले मकालुखबरसँग भने, ‘यसपछि एमाले प्रवेशको निर्णय लिएँ ।’

लेखी एमालेको विधान महाधिवेशन सञ्चालन भइरहेको ललितपुरको गोदावरी सम्मेलन केन्द्र जाँदैछन् । त्यहीँ उनले ओलीको हातबाट टीका ग्रहण गरेर पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *