११ जिल्लाका सिडिओ फेरिए, को कहाँ ?

काठमाडौं ।

गृह मन्त्रालयले विभिन्न ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओको सरुवा गरेको छ । शुक्रवारको निर्णय अनुसार सिडिओको सरुवा भएको हो । गृहका सहसचिव कमलराज ढकाल भोजपुर, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ ।

यस्तै कास्कीमा जयनारायण आचार्यलाई पठाइएको छ । कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुगी त्यहाँबाट हटाइएको छ ।

महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, रसुवामा नवराज जैसी, म्याग्दीमा चिरञ्जीजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यको सरुवा भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *