एमालेको आधिकारिक लोगो परिवर्तन, यस्तो बन्यो नयाँ लोगो
मकालु खबर
२०७८ असोज १७ गते
काठमाडौँ । नेकपा (एमाले) को आधिकारिक लोगो परिवर्तन गरिएको छ । ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा जारी पहिलो विधान महाधिवेशनले लोगो परिवर्तन गरेको हो । यसको जानकारी नेता विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै दिएका हुन् ।
यसअघि एमालेको लोगो सूर्य चिह्नभित्र अंग्रेजी अक्षरमा ‘सीपीएन यूएमएल’ लेखिएको र हँसिया हथौडासहितको लोगो थियो । सूर्य चिह्नभित्र रातो पृष्ठभूमि थियो ।
नयाँ लोगोमा भने सूर्य चिह्नभित्र पँहेलो रङको हँसिया हथौडा छ । सूर्य चिह्नभित्रको पृष्ठभूमि भने रातो नै यथावत् छ । ‘पार्टीको आधिकारिक लोगो सूर्य चिह्नभित्र हुन्छ, रातो पृष्ठभूमिमा सुनौला रङको हँसिया हथौडा अंकित लोगो हुन्छ,’ नेता पौडेलले भने, ‘यो लोगो हाम्रो आधारिक लोगो हुनेछ । महाधिवेशनबाट पारित लोगो हुनेछ ।’
नयाँ लाेगाे:
मकालु खबर
२०७८ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित