४ कुरा ख्याल गर्न कार्यकर्तालाई एमाले महासचिवको आग्रह

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टी तथा संगठन उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्तालाई चार वटा कुरालाई ख्याल गर्न आग्रह गरेका छन् । गत शुक्रबारदेखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको पहिलो विधान माधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले प्रतिनिधि तहबाट आएका सुझाव समेट्न र व्यवस्थित गर्नका लागि एउटा टोली बनाइएको र त्यो टोलीले सबैखाले सुझाव व्यवस्थित गर्ने र ग्रहण गर्ने विश्वाससमेत दिलाएका छन् । महासचिव पोखरेलकाअनुसार राज्यको कानूनले अनुमति दिएको जुनसुकै काम कार्यकर्ताले गरे हुनेछ ।

त्यस्तै, समाजका अग्रगामी मूल्यमान्यताको पक्षमा रहेका जुनसुकै काम पार्टीका कार्यकर्ताले गरे हुन्छ । कम्युनिष्टको आचरण र नैतिकताले दिने जुनसुकै काम गरे हुन्छ । चौथोमा उनले पारदर्शी हुने जुनसुकै काम गरे हुने प्रष्ट पारेका छन् । महासचिव पोखरेलले अबका पुस्ताहरूबीचको कम्पोजिसन जरुरी रहेको पनि बताए । ‘योजनाबद्ध कम्पोजिसन भएन भने बुढाबुढामात्र एकातिर थुप्रिने अवस्था आउँछ, त्यो भयो भने पार्टी नेतृत्व कहाँ पुग्छ ?,’ उनले प्रश्न गरेका छन् ।

हिजो कुनैबेला पूर्णकालीन कार्यकर्ता भनेपछि त्यो नै सबैभन्दा ठूलो मापदण्ड रहेको चर्चा गर्दै पोखरेलले भने, ‘अब यस्तो हुँदैन । अहिलेको परिवेशमा उत्पादन र श्रमसँग गासिँदैनौँ भने हाम्रो पंक्ति स्खलित हुन सक्छ । त्यसैले जुनसुकै काम गरे हुन्छ । तर चारवटा कुरालाई ख्याल गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *