अखिल क्रान्तिकारी : ३३ पदाधिकारी २४३ सदस्यीय केन्द्रीय समिति बन्ने

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समिति ३३ जना पदाधिकारीसहित २४३  सदस्यीय नै बन्ने भएको छ ।

२०७४ सालमा भएको २१ औँ राष्ट्रिय सम्मेलनबाट २४३ सदस्यीय केन्द्रीय समिति बनाइए पनि पार्टी एकतापछि त्यो संख्या घटाएर २५ सदस्यीय  पदाधिकारीसहित १९९ सदस्यीय बनाइएको थियो ।

एकता भङ्ग भएपछि पहिलो पटक आयोजित २२औँ राष्ट्रिय सम्मेलनबाट फेरि पुरानै अवस्थामा फर्किने निर्णय भएको अखिल क्रान्तिकारीका नेताहरूले जानकारी दिएका छन् ।

माउ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिदिएका छन् । अध्यक्षका अन्य दाबेदारहरूलाई भने पार्टीको केन्द्रीय सदस्य बनाउने भनिएको छ ।

अखिल क्रान्तिकारीको महासचिवसहितका अन्य पदहरू भने टुंगो भने अझै लागेको छैन । उमेर हद भने हटाइएको छ । सम्मेलन आजै सम्पन्न गर्ने तयारी रहेको अखिल क्रान्तिकारीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *