पहिलो कतारी चुनाव : तीनपुस्ते नागरिकलाई मात्रै मताधिकार

काठमाडौँ ।  सन २०२२ को विश्वकपको आयोजक देश कतारमा पहिलो ऐतिहासिक चुनाव भएको छ । शनिवार भएको चुनावको नजिता आइतबार सार्वजनिक भएको थियो । कतारको  व्यवस्थापिकाको रूपमा चिनिने सुरा काउन्सिलका ४५ सिटमा ३० सिटमा चुनाव भएको थियो ।

१५ जनालाई भने कतारका आमिरले मनोनित गर्ने प्रावधान छ । कतारी अखबार गल्फ टाइम्सका अनुसार मतदान बिहान आठ बजे सुरु भएर साँझ छ बजे सकिएको थियो । देशभरका ३० चुनाव क्षेत्रका ३० मतदान केन्द्रमा चुनाव भएको थियो ।

भोट हाल्ने प्रावधान भने तीन पुस्ते नागरिकले मात्रै पाएका थिए । सन १९३० अगाडि बाटै कतारमा बसोबास भएका परिवारका सदस्यले मात्रै भोट हाल्न पाएका थिए। मतदानमा ६३.५ प्रतिशत मतदाता सहभागी भएका थिए ।

३० सिटमा भएको गैर दलीय चुनावमा २६ महिला प्रतिस्पर्धामा आए । उनीहरूले १४ चुनाव क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । तर, महिला उम्मेदवार कोही पनि विजयी हुन भने  सकेनन् । जम्मा उम्मेदवार भने २३३ जना थिए । कतारको  सुरा काउन्सिलको चुनावसँगै कतार कुवेतपछि जनप्रतिनिधिबाट व्यवस्थापकीय काम गर्ने दोस्रो गल्फ देश भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *