संस्थापन पक्षले दम्भ देखायो, हामीलाई नबोल्न भन्यो : सिंह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सस्थापन पक्षले आफूहरूलाई नबोल्न भनेको बताएका छन् । संस्थापन पक्षले दम्भ देखाएकोसमेत सिंहले बताए । ‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ?,’ सिंहले भने, ‘दम्भ त जो पार्टी सत्तामा छ, संस्थापनमा छ, उनीहरूले देखाएका छन् ।’

केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन नाघिसक्दा समेत संस्थापन पक्षले केही नबोलेको र बोल्नेहरूमाथि रिस गरेको सिंहको भनाइ थियो । सोमबार (आज) चाक्सीबारीमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले भने, ‘यसमा कुरा उठायो भने पदाधिकारीहरू स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन् । पार्टीको विवादबारे बोल्न पाइँदैन भन्ने तिनीहरू को हुन् ?’

पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल गर्नुपर्नेमा त्यसो नगर्दा समस्या भइरहेको सिंहले बताए । पार्टीले अझै ४ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउन नसकेको उल्लेख गर्दै सिंहले १४औं महाधिवेशनबाट जिम्मेवार नेताको हातमा नेतृत्व पुर्‍याउन नेतारकार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *